कोही किन बरबाद होस्
पाठ्यक्रम

Available on SahityaPost App

Read and listen to this book on our mobile app with enhanced features

कोही किन बरबाद होस्

नाटक

Authors

विजय मल्ल

विजय मल्ल

साहित्यकार

Description

"आज उन्नत देशका साहित्यिकहरूले यस प्रकारका नाटकहरू लेखिसकेका छन्, जसमा जुनसुकै कुरा पनि सहज र स्वाभाविक रूपले देखाउन सक्दछन् । एक त वैज्ञानिक साधनहरूको बाहुल्यले गर्दा त्यो सम्भव भयो, दोस्रो, नाटक हेर्ने दर्शकहरूको उच्चकोटिको मानसिक स्तरले । यहाँ सिनेमाभन्दा बढ्ता रुचि नाटकमा लिएको हुनाले नाटकको स्तर बढ्दै गयो । यस्तो आधुनिक युगमा हामी बाँचिरहेका छौं र हामीलाई भने कुनै पनि साधन उपलब्ध छैन । जसरी देश अरू कुराहरूमा पिछडिएको छ, त्यही अनुपातमा नाटककारहरूलाई पनि पिछडिन कर परिरहेछ । हामी यसैका शिकार छौं । यो 'कोही किन बरबाद होस्' नाटक उपर्युक्त सब कुराहरूको बन्धनलाई स्वीकार गरेर लेखेको हुँ ।" आफ्नो कुरा राख्ने क्रममा विजय मल्ल लेख्नुहुन्छ, "तर तैपनि यसमा मैले आफ्नो रुचिअनुसार चरित्रहरू निर्माण गर्न सु-अवसर पाएको छु र यस स्वतन्त्रतालाई कुनै हालतमा पनि नाटककार र एक साहित्यिकको हैसियतले कसैलाई सुम्पन म सक्दिनँ । यसैले नाटकमा नारी पात्रीहरूको अभाव खट्‌के तापनि नारीहृदय र स्वभावको पूर्ण रूपले प्रदर्शन भएको हुँदा विश्वास छ, सरसता घटेको होइन । यसको राम्रो पारख त रङ्गमञ्चमा मात्र सम्भव छ, तैपनि विज्ञ पाठक र समर्थवान् समालोचकको हातबाट पनि हुने नै छ ।"

Book Details

ISBN

978-9937-32-284-3