
Available on SahityaPost App
Read and listen to this book on our mobile app with enhanced features
युगद्वन्द्व
उपन्यास
Authors

खेमराज पोखरेल
साहित्यकार
Description
"विचार तत्वका रूपमा आएका सारवस्तुले ‘युगद्वन्द्व’लाई समेटेको छ । खेमराज पोखरेलको उपन्यासको जीवन दर्शन बोक्ने सारवस्तुले उपन्यासको केन्द्रीय कथ्यलाई अङ्गिकार गर्दै कलात्मक मूल्य ग्रहण गरेको छ । यसको व्यवस्थापन यथासमयमा गर्न सकिएन भने परिवार, समाज, राष्ट्र र सारा विश्वलाई नै तहसनहस पार्न सक्ने सन्देश प्रवाह गरिएको छ । उपन्यासको वण्र्य विषयले निश्चित परिवेश र स्थान ओगटेको भए पनि वैश्विक विषयलाई समेटेको अर्थमा लिन सकिन्छ ।" प्रा. डा. यादवप्रकाश लामिछाने लेख्नुहुन्छ, "पात्र प्रयोगका दृष्टिबाट नियाल्दा गतिशील र स्थिर दुवै किसिमका देखिन्छन् । अभिव्यक्तिका क्रममा बौद्धिक पात्रहरूमा वरदान, समर्पण, दर्शन र प्रियाका विषय प्रसङ्गसँग सम्बन्धित पक्षसँगको सम्प्रेषणीयता सान्दर्भिक नै देखिन्छ ।"