
Available on SahityaPost App
Read and listen to this book on our mobile app with enhanced features
सरबरिया टोल
कथासंग्रह
Authors

राजेन्द्र विमल
साहित्यकार
Description
रोचक घिमिरे लेख्नुहुन्छ, "राजेन्द्र विमल मिथिलाको उर्वर माटोबाट निर्मित स्रष्टा हुन् । अतः उनका सृजनामा यत्रतत्र मिथिलाको माटोको सुगन्ध पाइनु स्वाभाविक हो । तर उनका सृजना कुनै सीमित क्षेत्र वा वर्गका निम्ति मात्र लक्षित हुँदैनन्, समस्त नेपाली पाठकले उनका रचनाको मधुरतम स्वाद चाख्न सक्छन् । अंग्रेजीमा समुचित अनुवाद हुने हो भने उनका कथाले उल्लेख्य ठाउँ ओगट्ने संभावना विश्व साहित्यमा सुरक्षित देखिन्छ । मिथिला पुत्र विमल विशेषतः नेपालीत्वका प्रबल समर्थक पाइन्छन् । सार्वभौम मान्यता प्रति उनको पक्षधरता उनका सृजनामा प्रशस्त पाइन्छ । परिवारलाई जीवनको केन्द्रविन्दु मान्दछन् उनी । मान्छेभित्रको पाशविक प्रवृत्ति, स्वार्थान्धताबाट सृजित पारिवारिक विघटनले जीवन नै क्षतविक्षत भएका दृष्टान्त उनका कथाहरूमा पाइन्छ । विशेषतः तराई भूमिका विविध धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक अनि अन्ध विश्वासजन्य विद्रूपताको सत्यान्वेषण यिनका कथामा पाइन्छ ।"
Book Details
Publisher
शिखा बुक्स
ISBN
9789937780513